spot_img

विवाहसम्बन्धी कानुन संशोधनबारे मधेशी आयोगद्वारा सुझाव संकलन

spot_img
spot_img

सप्तरी,१४ भदौ । मधेशी आयोगले विवाहसम्बन्धी कानुन र विवाहको उमेर सीमा पुनः निर्धारणका विषयमा सरोकारवालासँग सुझाव संकलन गरेको छ।

राजविराजमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा आयोगका सदस्य आभासेतु सिंहले समाजमा विवाहसँग सम्बन्धित हिंसा र समस्याहरू बढ्दै गएको बताउँदै, ती समस्याको समाधानका लागि कानुन संशोधन अपरिहार्य भएको बताए। “हामी सबैको सुझावलाई समेटेर आवश्यक प्रतिवेदन तयार गरी सरकारसमक्ष बुझाइनेछ,” सिंहले स्पष्ट पारे।

हाल प्रचलित कानुनले विवाहको कानुनी उमेर २० वर्ष तोकेको भए पनि सरोकारवालाले उमेर सीमा १८ वर्ष कायम गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूको भनाइमा उमेर, शारीरिक र मानसिक विकास, सामाजिक परम्परा, जनसांख्यिक बनोट, शिक्षा र चेतनाको स्तर लगायतका पक्षलाई गहिरो अध्ययन गरी मात्र कानुनी संशोधन गर्नुपर्ने आवश्यकता छ।

सुझाव संकलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षता रही उच्च अदालत जनकपुर–राजविराज इजलाशका रजिष्टार लोकनाथ पराजुली, बरख गणका प्रमुख सेनानी शोभित बहादुर चन्द, प्रहरी उपरीक्षक गौतम कुमार केसी, राष्ट्रिय अनुसन्धान उपनिर्देशक कुलचन्द्र नेपाल, जिल्ला समन्वय अधिकारी कुन्दन कुमार कर्ण, विभिन्न पालिका प्रमुख प्रशासकीय अधिकृतहरू तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय