Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

पथलैया ट्राफिकका एसपी सिलवालमाथि ३५ उजुरीपछि छानबिन सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ भदाै । मधेस प्रदेश, पथलैयास्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी राजकुमार सिलवालमाथि आचरण विपरीतको काम गरेको आशंकामा छानबिन सुरु गरिएको छ। मधेस प्रदेश प्रहरी कार्यालयले ३ वटा छुट्टाछुट्टै समितिहरू गठन गरी सिलवालमाथि अनुसन्धान गरिरहेको डीआईजी उमा प्रसाद चतुर्वेदीले पुष्टि गरे।

सिलवालमाथि ३५ थान उजुरी परेको छ, जसमा विभिन्न जिल्लाबाट आएका उजुरीहरू समेत समावेश छन्। उजुरीहरूमा सवारी चालकलाई मापसे गरेर जरिवाना गर्नुको सट्टा रातभर नियन्त्रणमा राख्ने, रकम असुल्ने, चोरीको गाडी नियन्त्रणमा लिएर आफूखुसी प्रयोग गर्ने, र राजमार्गमा स्थानीय प्रहरीसँग समन्वय नगरी चेकजाँच गर्ने लगायतका आरोप छन्।

छानबिन समितिका सदस्यहरूले सिलवालसँग बयान लिएर चोरीको गाडी भन्सार बुझाउने प्रक्रियामा रहेको जानकारी पाएको जनाएका छन्। समितिको नेतृत्व एसएसपी भीम दाहाल, एसएसपी कमल थापा र एसपी नारायण रञ्जितकारले गरिरहेका छन्।

उल्लेखनीय कुरा, समितिका संयोजक एसएसपी कमल थापामाथि पनि विगतमा विवादित घटनामा संलग्न रहेको आरोप रहँदा यस छानबिनमा सार्वजनिक चासो थपिएको छ।

यसरी पथलैयाका ट्राफिक प्रमुखमाथि व्यापक उजुरी र आचरण विपरीतको आरोपसहित छानबिन प्रक्रिया अघि बढेको छ।

ताजा समाचार

थप समाचार