धनगढी,१४ भदौ । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित जयराम होटल एन्ड लज रेस्टुराँका सञ्चालक राम बोहरा ५ किलोभन्दा बढी चरेससहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बझाङको बुङ्गल नगरपालिका–८ स्थायी घर भई धनगढी–२ मा होटल सञ्चालन गर्दै आएका बोहरालाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको हो।
शंकास्पद गतिविधिको जानकारी पाएपछि प्रहरीले होटलमा छापा मार्दा करिब ५ किलो ६९० ग्राम चरेस बरामद भएको बताइएको छ। अहिले बोहरालाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





