spot_img

हैजा जोखिम बढेपछि बीरगन्जका विद्यालय थप तीन दिनका लागि बन्द

spot_img
spot_img

बीरगन्ज,१४ भदौ । बीरगन्ज महानगरपालिकाभित्र हैजाको संक्रमण तीव्र गतिमा बढेपछि महानगरपालिकाले क्षेत्रभित्रका सबै सामुदायिक र निजी विद्यालयहरू  थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाका अनुसार भदौ १५ देखि १७ गतेसम्म विद्यालयहरू बन्द रहनेछन्। यस अवधिमा विद्यार्थीहरूलाई भीडभाड हुने स्थानमा नजान, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र सुरक्षित तथा शुद्ध पानी मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

महानगरले अभिभावक र विद्यालय व्यवस्थापनलाई स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न आवश्यक सहयोग गर्न समेत अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय