spot_img

पर्सामा मन्त्री यादव र मेयर सिंहलाई धम्की दिने युवती पक्राउ

spot_img
spot_img

बीरगन्ज,१४ भदाै ।  खानेपानी मन्त्री प्रदीप यादव र बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई मोबाइल फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालका अनुसार, शनिबार बीरगन्ज –२४, रामगढ बस्ने किरण साहलाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानले देखाएको छ कि युवतीले हैजा संक्रमणका कारण परिवारका सदस्यहरू अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुपर्ने अवस्थाबारे असन्तुष्टि व्यक्त गर्दै फोनमार्फत धम्कीजनक अभिव्यक्ति दिएको थियो।

यसैबीच, मन्त्री यादवसँग युवतीको भएको अभद्र संवादको अडियो क्लिप सामाजिक सञ्जालमा शुक्रबारदेखि भाइरल बनेको छ। प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय