spot_img

नेपाल–भारतका समस्या साझा समाधान सहकार्यमा मात्रै सम्भव : मन्त्री चौरसिया

spot_img
spot_img

बीरगन्ज,१४ भदाै । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले नेपाल–भारतबीचका समस्या साझा समस्या भएकाले त्यसको समाधान दुबै मुलुकको समन्वय र सहकार्यबाट मात्र सम्भव हुने बताउनुभएको छ। शनिबार बीरगन्जमा मिडिया फर बोर्डर हार्मोनि नेपालको आयोजना गरेको नेपाल–भारत क्रस बोर्डर सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौरसियाले यो कुरा व्यक्त गर्नुभयो।

मन्त्री चौरसियाले नेपाल–भारत सम्बन्ध केवल राजनीतिक सीमामा मात्र नभई व्यक्तिब्यक्ति बीचको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै, “समाधान आपसी सहयोग र सामूहिक प्रयासबाट मात्रै सम्भव छ,” भन्नुभयो। उहाँले नेपालको लोकतान्त्रिक नेताहरू र भारतीय स्वतन्त्रता आन्दोलनका नेता बीचको ऐतिहासिक सम्बन्धले दुई मुलुकको राजनीतिक सम्बन्ध अझ सुदृढ भएको पनि स्मरण गराउनुभयो।

मधेस प्रदेशका सदस्य श्याम पटेलले पत्रकारिताले मात्रै दुई मुलुकको सम्बन्धलाई प्रगाढ बनाउन सक्ने भएकाले समाचार सम्प्रेषण गर्दा भ्रम फैलाउने खालका सामग्रीबाट बच्न आग्रह गर्नुभयो। उनले पत्रकारहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दुबै मुलुकको हितका लागि कलम चलाउन निर्देशन पनि दिनुभयो।

सम्मेलनमा नेपालबाट ४० र भारतबाट ५१ जना पत्रकार सहभागी थिए। कार्यक्रममा पूर्व राजदूत बिजयकान्त राण, नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, वरिष्ठ पत्रकार हस्त गुरुङ, अनिल तिवारी, भारतीय पत्रकार अमरेन्द्र तिवारी र बिबेक चन्द्रले दुई मुलुकको सम्बन्ध र पत्रकारिताको भूमिकाबारे आफ्ना विचार राखेका थिए।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय