Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

जनकपुरमा दुई समुदायबीच झडप, चार राउण्ड अश्रुग्यास प्रहारपछि स्थिति नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१५ भदौ । मधेस प्रदेशको राजधानी जनकपुरमा आइतबार दुई समुदायबीच मूर्ति विसर्जनका क्रममा विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

धनुषा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, देवपुरा रुपैठा क्षेत्रमा उत्पन्न तनाव नियन्त्रणबाहिर जान नदिन सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गरेका थिए। “अवस्था संवेदनशील हुँदै गएकाले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा ल्याइएको हो,” सिंहले बताए।

प्रहरीले विवादको कारणबारे स्पष्ट विवरण नआएको जनाए पनि मूर्ति विसर्जनसँग सम्बन्धित आपसी मनमुटावले झडप निम्त्याएको अनुमान गरिएको छ।

हाल क्षेत्रमा अवस्था सामान्य भए पनि समुदायबीचको विवाद पूर्ण रूपमा समाधान भइसकेको छैन। स्थानीय प्रशासन, सुरक्षाकर्मी र समाजका अगुवाहरूको समन्वयमा समस्या समाधानका लागि पहल भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

ताजा समाचार

थप समाचार