Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

पर्साकाे बीरगन्ज र पोखरियामा हैजा नियन्त्रणमा चुनौती, संक्रमित संख्या १७५ पुग्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ भदाै । पर्सा जिल्लामा हैजा र झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। सरोकारवालाले संक्रमण दर घट्दै गएको दाबी गरे पनि नयाँ संक्रमित थपिँदै जाँदा स्थिति चिन्ताजनक बनेको छ।

बीरगन्ज महानगरपालिकाले आइतबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार, महानगरमा मात्रै हैजा संक्रमितको संख्या १५९ पुगेको छ। उता पोखरिया अस्पतालमा उपचाररत बिरामीमध्ये १६ जनामा हैजा पुष्टि भएपछि जिल्लाभर संक्रमितको संख्या १७५ पुगेको हो।

संक्रमण नियन्त्रणका लागि महानगरपालिकाले एक सातादेखि सम्पूर्ण विद्यालय बन्द राखेको छ। खानेपानी शुद्धीकरण र सरसफाइमा पनि अभियान चलाइए पनि हैजाको जीवाणु फैलिने वास्तविक स्रोत अझै पत्ता लाग्न सकेको छैन। सुरुवाती अनुमान विपरीत खानेपानी संस्थान र डिप बोरिङको पानीमा हैजाको जीवाणु भेटिएन भने अन्य माध्यममा परीक्षण गर्ने पहलसमेत भएको छैन। यसले सर्वसाधारणलाई अन्योलमा पारेको छ।

महानगरको स्वास्थ्य महाशाखाका अनुसार आइतबार बिहानसम्म वीरगन्जस्थित विभिन्न अस्पतालमा ८०४ बिरामी उपचारका लागि पुगेका छन्। तीमध्ये ३० नयाँ बिरामी हुन्। कुल बिरामीमध्ये ६०९ निको भई घर फर्किसकेका छन् भने १९५ अझै उपचाररत छन्। तीमध्ये ४७ जनामा हैजा पुष्टि भएको छ। बाँकी १७२ जना विभिन्न अस्पतालको सामान्य वार्डमा, ६ जना एचडीयुमा र १७ जना आइसियुमा उपचाररत छन्।

पोखरिया अस्पतालका मेसु डा. आनन्द रौनियारका अनुसार त्यहाँ हालसम्म ३० जना झाडापखाला तथा हैजाका बिरामी भर्ना भएका छन्। तीमध्ये १६ जनामा हैजा पुष्टि भइसकेको छ। शनिबारदेखि आइतबारसम्म दुई नयाँ बिरामी थपिएका छन् भने आधा दर्जन उपचारपछि डिस्चार्ज भएका छन्।

संक्रमण दर घट्दै गएको दाबी भए पनि संक्रमितको संख्या दिनहुँ बढिरहेका कारण स्वास्थ्यकर्मीले सतर्कता अझै बढाउनुपर्ने चेतावनी दिएका छन्।

ताजा समाचार

थप समाचार