Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

अन्योलमा दशैंकाको अग्रिम टिकट बुकिङ !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । दशैं आउन अब एक महिना पनि बाँकी नहुँदा काठमाडौं उपत्यकालगायत विभिन्न स्थानबाट आफ्नो थलो फर्किनेका लागि खुलाइने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ अनिश्चितजस्तै देखिएको छ ।

असोज ६ गते बाट घटस्थापना सुरु हुँदै छ तर, आइतबार ९भदौ १५० बिहानसम्म सरोकारवालाहरु अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफलमा समेत भएके छैन।

दशैंका बेला मात्र काठमाडौं उपत्यकाबाट १० औँ लाख मानिस आफ्नो थातथलो फर्र्किन्छन् । तर, सरकार र यातायाता व्यवसायी हालसम्म अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफलमा समेत जुटेका छैनन् ।

यस विषयमा छलफल गर्न हालसम्म आफूहरूलाई औपचारिक जानकारी नआएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । ‘अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा हालसम्म सरकारबाट औपचारिक रुपमा छलफल बोलाइएको छैन,’ उनले सूत्र न्युजलाई भने ।

तर, छलफलका लागि आफूहरुले बोलाएको र यातायात व्यवसायीले समय निकाल्न नसकेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिं राईले बताए । ‘अग्रिम टिकट खुलाउने विषयमा सरोकारवालालाई बोलाएका छौँ । उहाँहरुले समय निकाल्न सक्नु भएको छैन,’ उनले जानकारी दिए ।

सरोकारवाला निकायबिच छलफल नहुँदा अग्रिम टिकट बुकिङ खुला अनिश्चित देखिएको छ । तर, विभाग चाँडै नै छलफल गरेर टुंगोमा पुग्ने दाबी गर्छ । ‘हामी चाँडै नै सरोकारवालासँग छलफल गरेर टुंगो पुग्छौँ,’ विभागका सूचना अधिकारी राईले भने । उनका अनुसार चाँडै भनेको एक दुई दिनमै यातायात व्यवसायीसहित सरोकारवालासँग छलफल हुनेछ ।

अग्रिम टिकट बुकिङ खुला हुन ढिलो भए पनि यात्रुलाई आफूहरूले गन्तव्यमा पुर्‍याउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्ष सिटौलाले बताए । ‘टिकट खुला हुन ढिलो भए पनि हामी यात्रुलाई गन्तव्यमा पुर्‍याउनेछौँ,’ उनले भने ।

तर, यसका लागि सरकारले मनसुनका कारण बिग्रिएका बाटो मर्मत गर्नुपर्ने उनको भनाइ छ । हाल मनसुन पनि सक्रिय भएकाले अग्रिम टिकट बुकिङ खुला गरिन हाल्न पनि समस्या देखिएको उनको भनाइ छ । यद्यपि, सबै सरोकारवाला पक्ष बसेर एउटा टुंगोमा पुगिने उनको विश्वास छ ।

ताजा समाचार

थप समाचार