जनकपुर,१५ भदाै । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्याण्ड भ्रमणमा गएका छन्। उनी त्यहाँ अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म चल्ने एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनेछन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाका अनुसार, सिंहले कार्यक्रममा नेपालको सङ्घीय प्रणालीभित्र अन्तर–सरकारी सहकार्यबारे प्रस्तुतिकरण गर्नेछन्। साथै, अन्तर्राष्ट्रिय अनुभव र अभ्यास आदानप्रदानमार्फत सङ्घीयता कार्यान्वयनका पक्षमा आवश्यक सुझाव राख्ने अपेक्षा गरिएको छ।
मुख्यमन्त्रीको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश सरकारका स्रोतले जनाएको छ।



