काठमाडाै,१५ भदाै । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार छनोट प्रक्रिया तिव्र बनाएको छ।
यसैक्रममा उम्मेदवारको आकांक्षी बनेका नौ जना नेता आइतबार नख्खु कारागार पुगेका छन्। उनीहरूले त्यहाँ रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेर आफ्नो उम्मेदवारीबारे धारणा राखेका हुन्।
पार्टी स्रोतका अनुसार, प्राथमिक निर्वाचनमा प्राप्त मतका आधारमा आकांक्षीमध्ये एक जनालाई आधिकारिक उम्मेदवार घोषणा गरिनेछ।
आजै दिउँसो १:३० बजे पार्टीको केन्द्रीय सचिवालय बैठक बस्ने र सोही बैठकले रुपन्देही–३ उपनिर्वाचनका लागि अन्तिम उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी भएको छ।





