काठमाडौँ,१५ भदाै । दुध उत्पादक किसानहरूले काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालयमा आज धर्ना दिएका छन्।
अखिल नेपाल किसान महासंघको नेतृत्वमा गरिएको यस धर्नाको मुख्य कारण किसानहरूले समयमा दुधको मूल्य भुक्तानी नपाएको हो। किसानहरूले पटक–पटक भुक्तानी सुनिश्चित गर्न ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएपछि यस कदममा उत्रिएका हुन्।
किसानहरूले अब डीडीसीसँग तत्काल भुक्तानी सुनिश्चित गर्न माग गर्दै संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।



