Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

मधेश प्रदेश सरकारले पूर्वाधार विकासमा ऐतिहासिक फड्को मारे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१५ भदौ । आर्थिक वर्ष २०८१/८२ मधेश प्रदेशका लागि पूर्वाधार विकासको उपलब्धिमूलक वर्ष बनेको छ। प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरूले जनताको जीवनस्तर सुधार र दिगो समृद्धिमा ठोस योगदान पुर्‍याएका छन्।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवका अनुसार, यस अवधिमा ४०६ किलोमिटर ग्राभेल सडक, २५३ किलोमिटर ढलान सडक र ८४ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गरिएको छ। त्यस्तै, ११० वटा कल्भट र ६ वटा पक्की पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नयाँ सडक निर्माणका काम पनि ७७ किलोमिटर लम्बाइमा सम्पन्न भएका छन्।

प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना स्वीकृत गर्दै सडक र पुल निर्माणका लागि डिजाइन, स्ट्यान्डर्ड र मापदण्ड पारित गरेको छ। ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अभियानको दोस्रो चरणमा ३२० किलोमिटर लम्बाइका ६४ सडक निर्माण सुरु गरिएको छ भने ‘एक निर्वाचन क्षेत्र, एक पक्की पुल’ कार्यक्रमअन्तर्गत ६४ पुल निर्माण तयारी अवस्थामा छन्।

आवास क्षेत्र पनि अघि बढेको छ। मदन भण्डारी आवास, जनता आवास र महेन्द्रनारायण निधी आवास कार्यक्रमअन्तर्गत १,५७० घर निर्माण सम्पन्न भएका छन् भने ४,००० भन्दा बढी घर निर्माणाधीन छन्। साथै, सामुदायिक भवन, धर्मशाला, सरकारी भवन र सभाहल गरी २०७ वटा संरचना निर्माण गरिएका छन्।

सम्पूर्ण अनुदान अन्तर्गत ७ सडक, प्रादेशिक सडक अन्तर्गत ३५ सडक र प्रादेशिक पुल अन्तर्गत १४ पुल निर्माणाधीन छन्। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत २१ स्थानीय तहलाई पक्की सडकसँग जोड्ने काम भइरहेको छ। हालसम्म १५० किलोमिटर पक्की सडक मर्मत र १२ सय किलोमिटर नियमित सडक मर्मत सम्पन्न भएको छ।

यस्तै, प्रदेश सरकारले रामजानकी बहुउद्देश्यीय रंगशालाका लागि जग्गा सम्झौता र गुरुयोजना तयार पारिसकेको छ भने बजेट व्यवस्थापन प्रक्रिया पनि प्रारम्भ भइसकेको छ।

ताजा समाचार

थप समाचार