spot_img

हेटौँडामा दुई इभीबाट ठूलो परिमाणमा गाँजा बरामद

spot_img
spot_img

हेटौँडा,१५ भदाै । यात्रुबाहक विद्युतीय सवारीसाधन (इभी) प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने गरिएको तथ्य फेला परेको छ। मकवानपुर प्रहरीले आइतबार दुईवटा इभी गाडीमा ठूलो परिमाणको गाँजा फेला पार्दै ६ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बा.प्र.०१–००२ ज ६५४९ नम्बरको इभीमा राखिएको ११२ किलो ७९० ग्राम गाँजा बसामाडी लेवटमा बरामद गरिएको हो। यस घटनामा काभ्रे पाँचखाल–८ का २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सविन तामाङ र दोलखा शैलुङ–८ का २२ वर्षीय सागर तामाङ पक्राउ परेका छन्। उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सोही दिन मकवानपुरकै बसामाडीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ०५०३ नम्बरको अर्को इभीमा समेत २६ किलो १० ग्राम गाँजा बरामद भएको छ। यस प्रकरणमा मकवानपुर राक्सिराङ–१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दीप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तान पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ परेका सबैलाई म्याद थप गरी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। पछिल्लो समय इभी प्रयोग गरेर लागुऔषध तस्करी बढ्दै गएकाले सवारी साधनको सुरक्षा र निगरानीमा प्रश्न उठिरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय