spot_img

विवाहको दुई महिनामै दीपाको शङ्कास्पद मृत्यु, पति–ससुरालाई नियन्त्रणमा

spot_img
spot_img

सप्तरी,१६ भदौ । सप्तरीमा विवाहको मात्र दुई महिनापछि एक महिलाको शङ्कास्पद मृत्यु भएपछि प्रहरीले पति र ससुरालाई नियन्त्रणमा लिएको छ। महादेवा गाउँपालिका वडा नं. १, सोनरा टोलकी २१ वर्षीया दीपा यादव शनिबार मृत्यु भएकी हुन्। उनी हालसालै दीपक यादवसँग विवाह गरेकी थिइन्।

स्थानीय स्रोतका अनुसार, बिरामी भएको भन्दै पति दीपक र ससुरा पर्शुराम यादवले उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याएका थिए। तर, अस्पताल पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरे।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार मृतकको शरीरमा चोटपटक र निलडाम देखिएको छ। “घाँटीमा निलडाम देखिएको र घटना शङ्कास्पद भएको कारण हामी अनुसन्धान अघि बढाएका छौं,” उनले बताए।

मृतकको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

दीपाको माइती पक्षले दाइजो विवाद र निरन्तर यातनाका कारण पति–ससुराले हत्या गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएका छन्। मृतकका काका भगवती प्रसाद यादवका अनुसार, विवाहपछि दीपक र पर्शुरामले लगातार दाइजो माग्दै यातना दिएको र यही विवादकै कारण उनीको मृत्यु भएको दावी गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय