Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

चितवनका दुई हात्ती कतार पठाइने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,१६ भदाै  । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका दुई हात्ती कतार पठाइने भएका छन्। रुद्रकली (७ वर्ष) र खगेन्द्र प्रसाद (६ वर्ष) नामका यी हात्तीलाई दुई महिनाभित्र कतारको चिडियाखानामा पठाउने तयारी भइरहेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. हरिभद्र आचार्यका अनुसार हात्ती पठाउन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत चार्टर कार्गो विमान प्रयोग गरिनेछ। उनले भने, “खोर निर्माणको काम अघि बढाइएको छ, खोर बनेलगत्तै हात्ती पठाइनेछ।”

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार कतार राजदूतावाससँगको सहकार्यमा हात्ती राख्ने विशेष खोर निर्माण भइरहेको छ। दसैँअघि निर्माण पूरा गरी हात्तीलाई सौराहाबाट ट्रकमार्फत भैरहवा पुर्याइने र त्यहाँबाट जहाज चढाइने तयारी गरिएको छ।

हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीका अनुसार खगेन्द्रको आमा कोशी कली र बाबु जंगली भाले हात्ती रोनाल्डो हुन्। त्यस्तै, रुद्रकी आमा पूजा कली हुन्। केन्द्रका पोथी हात्तीहरू जंगली भाले हात्तीहरूसँगको सहवासबाट गर्भवती हुने गरेका छन्।

यसअघि नेपालले भारत, म्यानमार, थाइल्यान्डलगायत मुलुकलाई एकसिङ्गे गैँडा, घडियाल गोही, चितुवा र ब्वाँसो उपहार दिइसकेको छ। तर, नेपालमा जन्मिएका हात्ती उपहारस्वरूप पठाउन लागिएको यो पहिलो पटक हो।

विसं २०४४ मा २० वटा हात्तीबाट सुरु गरिएको हात्ती प्रजनन केन्द्रमा हालसम्म ६८ हात्ती जन्मिएका छन्, जसमा ६ वटाको मृत्यु भएको छ भने ६१ वटालाई तालिम दिइसकिएको छ।

नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण (विसं २०७५) का क्रममा जनाएको थियो। दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस पटक हात्ती पठाउन लागिएको हो।

ताजा समाचार

थप समाचार