Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

आफ्नो भूमिलाई आफ्नो भन्दैमा छिमेकीसँग सम्बन्ध नबिग्रिने– गृहमन्त्रीको टिप्पणी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, १६ भदौ – गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनको मुख्य प्राथमिकता सरकारको स्थिरता रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले सरकार आफ्नो प्राथमिकतामा सफल भएको दाबी गरे ।

स्थिर सरकार भएपछि केही उपलब्धिहरू हासिल गर्न सकिन्छ भन्ने कुरा हालको गठबन्धन सरकारले प्रमाणित गरेको उनले बताए । लामो समयदेखि रोकिएका केही विधेयक तथा कानुन संसद्मा प्रस्तुत गर्न सरकारले सफलता हासिल गरेको र नागरिकता सम्बन्धी ऐन संशोधन गर्न पनि सफल भएको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको भ्रमणका क्रममा नेपाल–भारत सीमासम्बन्धी विवादको विषय उठाएर सही कार्य गरेको उनको भनाइ थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको पुनः दोहोर्याउँदै उनले “आफ्नो भूमि आफ्नो हो भन्नु मित्रराष्ट्रलाई चित्त दुखाउने कुरा होइन” भने । भारतसँगको सम्बन्धमा यसले कुनै असर नपर्ने गृहमन्त्री लेखकको तर्क थियो । आफ्नो भुभीलाई आफ्नो हो भन्दैमा छिमिकेसँग सम्बन्ध नविग्रिने मन्त्री लेखक दावी गरे ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले “भिसा प्रकरणमा दोष अरूलाई थुत्र्याउन मलाई लक्षित गरिएको हो” भन्दै दोषी को हो भन्ने कुरा जनताले बुझिसकेका छन् भने । भिसा विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र छानबिनका लागि उच्चस्तरीय समिति समेत गठन गरिएको बताउँदै उनले प्रतिवेदन आएपछि धेरै कुरा प्रष्ट हुने बताए । “कसैले राजीनामा देऊ भनेर दिनु पर्ने होइन ” उनले भने ।

त्यस्तै, वीरगञ्जमा देखिएको हैजाको प्रकोप नियन्त्रणका लागि सरकार गम्भीर रहेको र आवश्यक परे सेना समेत परिचालन गर्ने तयारी गरिएको उनले बताए । नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा दियालो लज होटलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी र ओमप्रकाश शर्मा लगायतको उपस्थिति थियो ।

ताजा समाचार

थप समाचार