spot_img

बाराबाट  ठूलो मात्रामा साल काठ बरामद, एक तस्कर पक्राउ

spot_img
spot_img

बारा,१६ भदाै । बारामा काठ तस्करी नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अपरेसनमा ठूलो मात्रामा साल जातका काठ बरामद गरिएको छ। सो क्रममा एक जना तस्कर पक्राउ परेका छन् भने अन्य फरार भएका छन्।

मधुबन सब–डिभिजन बन कार्यालय अन्तर्गतका सबै पोस्टहरूको संयुक्त टोलीले बन अधिकृत सञ्जय कुमार चौधरीको कमान्डमा बथान टोल नजिक एम्बुस बसेर अपरेसन सञ्चालन गरेको थियो। टोलीले बेलुकी ७ बजेदेखि तीन समूहमा विभाजन भई गस्ती गरिरहेको अवस्थामा राति करिब २ः४५ बजे तस्करीमा संलग्न समूह नियन्त्रणमा लिएको हो।

डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाका अनुसार अपरेसनमार्फत ५ थान साल काठ (९४६.०६ क्युफिट), ६ थान मोटरसाइकल, २ थान आरा र २ थान बन्चरो बरामद गरिएको छ। करिब १० जनाको समूहमध्ये जीतपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर मुसहर टोलका ६७ वर्षीय रामबाबु सहनीलाई पक्राउ गरिएको र बाँकी फरार रहेको जनाइएको छ।

पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखी थप अनुसन्धान भइरहेको र काठ तस्करीमा संलग्न जो कोहीलाई बन ऐनअनुसार कडाइका साथ कारबाही गरिने चेतावनी डिभिजनल बन अधिकृत झाले दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय