काठमाडाै,१६ भदाै । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र उठेका भिन्न मतलाई विधान महाधिवेशनमा छलफल गर्ने व्यवस्था गरिएको बताएका छन्। सेन्टर फर पब्लिक पोलिसी रिसर्च नेपालको कार्यक्रममा पाण्डेले भने, “पार्टीभित्र भिन्न मत राख्न पाइन्छ। भिन्न मतलाई स्वीकार्ने वा छलफलमार्फत समाधान गर्ने विषयमा छलफल भइसकेको छ।”
पाण्डेका अनुसार विधान महाधिवेशनमा तीन नेताको तीनवटा प्रतिवेदन प्रस्तुत हुनेछ। अध्यक्ष केपी शर्मा ओली राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेल सांगठानिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेल विधानसम्बन्धी प्रतिवेदन पेश गर्ने समझदारी भइसकेको छ।
उपाध्यक्ष पाण्डेले भने, “यी प्रतिवेदनमा सबैको समर्थन नहुन सक्ने भएकाले भिन्न मतका विषय पनि आउनेछन्। सहमति नभए भिन्न मत लेख्न दिने व्यवस्था गरिएको छ।” उनले विधान महाधिवेशनमा भिन्न मतका विषय उठाइने र आवश्यक छलफल हुने जानकारी दिएका छन्।
यस पहलले पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया बलियो बनाउन र भिन्न मतको व्यवस्थापन सुनिश्चित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।



