Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

१९ वर्षअघिको गौर हत्याकाण्डको अनुसन्धान सुरु, १३० आरोपीको विवरण संकलन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट, १६ भदौं । १९ वर्षअघिको रौतहटको गौर हत्याकाण्डको अनुसन्धान प्रहरीले औपचारिक रूपमा सुरु गरेको छ। ७ चैत २०६३ मा भएको दुई राजनीतिक दलबीचको झडपमा २७ जनाको मृत्यु भएको थियो।

प्रहरीले यस घटनासम्बन्धी १ सय ३० जना आरोपीको तीनपुस्ते विवरण संकलन गर्दैछ। मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानमा ११ जनाको मृत्यु भएको जानकारी प्राप्त भए पनि, त्यसको पुष्टि गर्न मृत्युदर्ता प्रमाणपत्र खोज्ने र घटनामा उनीहरूको भूमिकाको खोजतलास गर्ने काम भइरहेको छ।

सर्वोच्च अदालतले गौर घटनाका पीडितका तर्फबाट दायर गरिएको रिट निवेदनअनुसार अनुसन्धान अघि बढाउन परमादेश दिएको थियो। निवेदकहरूले २०६८ साल चैत २८ गते जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरी दर्ता गराएका थिए।

गौर हत्याकाण्डमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच विवादका कारण भएको उग्र झडपमा ५ महिलासहित २७ जनाको हत्या भएको थियो भने सय भन्दा बढी घाइते भएका थिए। आरोपित जसपा अध्यक्ष उपेन्द्र यादवमाथि समेत प्रहरीमा किटानी जाहेरी दर्ता छ। यस घटनाप्रति जसपा नेपालले सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन गर्दै आएको छ।

ताजा समाचार

थप समाचार