Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

समानुपातिकतर्फ पहिलो दिन ३३...

काठमाडौं,२१ मंसिर । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको...

कर्णाली याक्सले जनकपुरलाई १३०...

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर...

मानव अधिकार आयोगमा एक...

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो...

मधेश प्रदेशमा एमाले सरकारका...

काठमाडौं,२१ मंसिर । मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
19.3 C
Birgunj
spot_img

असोज १ देखि काठमाडौंका तारे होटलमा विदेशी पर्यटक ट्र्याकिङ अनिवार्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ भदौ । नेपालको पर्यटन क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले अध्यागमन विभागले विदेशी पर्यटकको दर्ता र अनुगमनका लागि नयाँ विद्युतीय प्रणाली (ट्र्याकिङ) लागू गर्ने भएको छ। यो प्रणालीले नेपाल भ्रमणमा आउने विदेशी नागरिकको सुरक्षा र गतिविधिहरूको व्यवस्थित अभिलेख राख्न सहयोग गर्ने विभागले जनाएको छ।

यो नयाँ प्रणाली विभिन्न चरणमा लागू गरिनेछ। पहिलो चरणमा आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा यसलाई अनिवार्य गरिनेछ। दोस्रो चरणमा मंसिर १ गतेदेखि यसको दायरा विस्तार गरी सबै तारे होटल, विमान कम्पनी, टूर्स एन्ड ट्राभल कम्पनी र मनी एक्सचेन्ज कम्पनीहरूमा लागू गरिनेछ। तेस्रो चरणमा अन्ततः सबै प्रकारका होटल, गेस्ट हाउस र विदेशी नागरिकलाई सेवा दिने अन्य सार्वजनिक तथा निजी संस्थाहरूमा पनि यो प्रणाली कार्यान्वयनमा आउनेछ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, यो प्रणालीको मुख्य उद्देश्य विदेशी नागरिकको बसोबास र गतिविधिको अभिलेखलाई व्यवस्थित गर्नु हो। यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चित गर्न सहज हुनेछ।

प्रणालीबाट प्राप्त हुने जानकारीले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायहरूबीचको सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउनेछ। यसले पर्यटन क्षेत्रमा हुने सम्भावित अपराध नियन्त्रण गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ। विभागले सम्बन्धित सबै सेवा प्रदायक संस्थालाई यस प्रणालीमा आबद्ध हुन अनुरोध गर्दै आवश्यक जानकारी आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ।

ताजा समाचार

थप समाचार