Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
24.5 C
Birgunj
spot_img

उखु र दूधको मूल्य समयमै भुक्तानी गर्न प्रचण्डको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किसानहरूको उत्पादनको मूल्य समयमै भुक्तानी गर्न सरकारसँग आग्रह गरेका छन् । उनले विशेषगरी उखु र दूध किसानले भोगिरहेको समस्यालाई औंल्याउँदै सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रचण्डले आफ्नो नेतृत्वको अघिल्लो सरकारले उखु किसानलाई दिने भनेको अनुदान रोक्ने र घटाउने वर्तमान सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले दूध किसानले पनि समयमै रकम नपाएको भन्दै सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु वर्तमान सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण हो।’ प्रचण्डले किसानका जायज मागहरूमा आफ्नो पार्टीको सधैं ऐक्यबद्धता रहने पनि स्पष्ट पारेका छन् ।

प्रचण्डको यो मागले माओवादी केन्द्र किसानका मुद्दामा सक्रिय रहने संकेत दिएको छ। उनले किसान समुदायलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार मानेका छन् र उनीहरूको हित सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

ताजा समाचार

थप समाचार