Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

बारामा लागु औषध गाँजासहित १ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१८ भदौ । बारा प्रहरीले लागु औषध गाँजासहित एकजनालाइ पक्राउ गरेको छ । प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पूर्वटोलमा प्रहरीले करिब ५ किलो गाँजा बरामद गरेको हो ।

गाँजासहित जितपुरसिमरा–११ खेस्रोलका २० वर्षीय मुना यादवलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले लिएको जनाएको छ।

बिहान साढे ७ बजेतिर ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको असई राजहरण यादव नेतृत्वको टोलीले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बीआर–०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा फेला परेको हो।

मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम (गुप्त कक्ष) बनाई लुकाइ–छिपाइ ल्याइँदै गरिएको उक्त गाँजा बरामद गरिएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले जानकारी दिए। बरामद गाँजासहित यादवलाइ प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान चलिरहेको प्रहरी भनाइ छ ।

ताजा समाचार

थप समाचार