Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

रौतहटमा ट्रक र स्कार्पियो ठोक्किँदा सात जना घाइते, दुईको अवस्था गम्भीर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,१८ भदाै । रौतहटको चन्द्रपुर नगरपालिका–४ धनसर पुल नजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधबार बिहान ट्रक र स्कार्पियो एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार बिहान ४:३० बजे गण्डकी प्रदेशको बा ८०४ नम्बरको स्कार्पियो गाडी पोखराबाट सर्लाहीको हरिवन जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९४१० नम्बरको ट्रकसँग ठोक्किएको हो।

दुर्घटनामा स्कार्पियो चालक विष्णुप्रसाद पौडेल , ट्रक चालक शिव आले मगर , मीरा अधिकारी, पार्वती गुरुङ, सोनुमाया पाइजाको , भगवती गुरुङ र वृद्धिमाया पुन  घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको हाइवे ट्रमा अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ भने गम्भीर घाइते सोनुमाया पाइजाको, भगवती गुरुङ र वृद्धिमाया पुनलाई एल.एस. न्यूरो अस्पताल, परवानीपुर बारामा सारिएको छ।

दुर्घटनामा स्कार्पियो सवार दामोदर अधिकारी र ट्रकका सहचालक राजन थापा भने सकुशल छन्।

दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भए पनि ट्राफिक प्रहरी र इलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले बाटो खुला गरेको छ। दुबै सवारीसाधनलाई अनुसन्धानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याइएको छ।

ताजा समाचार

थप समाचार