Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

सांसद नेम्वाङद्वारा इम्बोस्ड नम्बर प्लेट कार्य तत्काल रोक्न सरकारलाई आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,१८ भदाै । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन्।

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नेम्वाङले यो विषय जनताको दैनन्दिन जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर मुद्दा भएको बताए। उनका अनुसार इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनले जनतामा झनै सास्ती, झन्झट र हैरानी बढाएको छ।

उनले भने, “सरकारले तत्काल यो अभियान रोकेर, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाउनुपर्छ।”

नेम्वाङले हालको अवस्थामा नागरिकले गाडी किन्दा तिर्नुपर्ने उच्च कर, बीमा, सडक कर, लाइसेन्स बनाउने झन्झट, र घण्टौं लाइन बस्नुपर्ने अवस्था उल्लेख गर्दै यसमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयले थप बोझ थपिएको तर्क गरे।

उनका अनुसार आम जनताको तर्फबाट पनि प्रश्नहरू उठेका छन् — इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो?के हाम्रो देशमा पर्याप्त प्रविधि, सेवा केन्द्र, र जनशक्ति छ? जब हजारौं नागरिक वर्षौंदेखि लाइसेन्स पर्खिरहेका छन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ, यस्तो अवस्थामा सरकारले किन यस्तो अभियानलाई अनिवार्य बनाइरहेको छ?

त्यसैगरी, इम्बोस्ड नम्बर प्लेटको भाषा र भावनासँग जोडिएको संवेदनशीलता पनि उनले उठाएका छन्। उनले भने, “जनताको भावना गहिरो छ, त्यसलाई वेवास्ता गर्नु हुँदैन।”

नेम्वाङले सरकारलाई आग्रह गरेका छन् कि जनताको समस्या र भावना बुझेर, तयारीसहित मात्र यस्ता कार्यक्रम कार्यान्वयन गरियोस्।

ताजा समाचार

थप समाचार