काठमाडौं,१८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्।
गत शनिबार चीन प्रस्थान गरेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, प्रधानमन्त्री आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्नेछन्।
ओली शांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा सहभागी हुन चीन गएका थिए। सम्मेलनको क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
यद्यपि सम्मेलनकै अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भए पनि द्विपक्षीय वार्ता भने भएको थिएन।



