काठमाडौं, १८ भदौ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.५९ अंकले घट्दै २७२६.३७ अंकमा झरेको हो।
आजको कारोबारमा ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका २४२ कम्पनीमध्ये २१३ कम्पनीको मूल्य घट्दा ३९ कम्पनी मात्र हरियो बने।
क्षेत्रगत सूचकमा म्युचुअल फन्ड बाहेक सबै समूह घटेका छन्। विशेषगरी हाइड्रोपावर समूहमा ठूलो दबाब देखिएको छ। हाइड्रो सूचक ०.९३ प्रतिशतले घटेको छ।
युनियन हाइड्रोपावर सर्वाधिक कारोबार गर्ने कम्पनी बन्न सफल भयो। यस कम्पनीको मात्र ३३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। तर, लिबर्टी इनर्जी र छ्याङ्दी हाइड्रोपावरलगायतका कम्पनीहरूले भने आज सबैभन्दा ठूलो गिरावट बेहोरे।




