Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

एकीकृत एम्बुलेन्स कार्यविधिले सेवा अवरुद्ध, बिरामी प्रभावित: सांसद शर्मा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ भदौ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण बिरामीले आवश्यक सेवा पाउन कठिन भएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले भने कि नियमित रूपमा सञ्चालन हुँदै आएको एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा असहज अवस्था सिर्जना भएको छ।

“स्वास्थ्य मन्त्रालयले एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधि जारी गरेको छ। यसले परोपकारी संस्था, स्थानीय सरकार र अन्य निकायहरूले एम्बुलेन्स सेवा सञ्चालन गर्न रोक लगाएको छ। लामो समयदेखि नियमित रूपमा सञ्चालन भइरहेका एम्बुलेन्सहरू अब सेवा दिन सकेका छैनन्, विशेषगरी दुरदराज क्षेत्रमा,” उनले भने।

सांसद शर्माले कार्यविधिले सञ्चालन योग्य एम्बुलेन्सहरूलाई समेत रोक लगाउँदा अनावश्यक आयातको प्रोत्साहन भएको बताएका छन्। “तीन हजारभन्दा बढी एम्बुलेन्स प्रयोगविहीन थन्किएका छन्। चालकहरू बेरोजगार भएका छन्। यसरी सञ्चालन योग्य एम्बुलेन्सलाई रोक लगाउनु अनावश्यक आयातको प्रोत्साहन गर्नेजस्तो देखिन्छ।”

उनले चेतावनी दिँदै भने कि जताततै आन्दोलन भइरहँदा एम्बुलेन्स संचालकहरू पनि आन्दोलनमा सामेल हुन सक्ने अवस्था छ।

ताजा समाचार

थप समाचार