Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

निजी विद्यालय सञ्चालकको जिल्लास्तरीय अन्तिम प्रदर्शन

spot_img

जनकपुर,१८ भदौ । नयाँ शिक्षा ऐनले निजी विद्यालय बन्द हुने डरले आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले जिल्लास्तरीय अन्तिम प्रदर्शन गरेका छन्।

धनुषाका निजी विद्यालय सञ्चालकहरूले बुधबार जनकपुरधाममा विरोध ¥याली निकाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि कोण सभा गरेका थिए। विरोध ¥यालीमा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालयका संचालकहरू सहभागी थिए।

धनुषा जिल्ला प्याब्सनका अध्यक्ष नवल यादवले आजको प्रदर्शनलाई जिल्लास्तरीय अन्तिम आन्दोलनका रूपमा लिएको जानकारी दिए। उनले भने, “भदौ २३ गतेदेखि सम्पूर्ण निजी विद्यालय सञ्चालक काठमाडौँ पुगेर विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गरी आफ्ना मागबारे ध्यानाकर्षण गराउनेछौं। भदौ २५ गते काठमाडौँमा बृहत् विरोध ¥याली निकाल्ने कार्यक्रम छ।”

यादवले चेतावनी दिँदै भने, “सरकारले माग सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन निरन्तर जारी रहनेछ।”

spot_img

ताजा अपडेट

लोकप्रिय