spot_img

भूमि विधेयकको विरोधमा वीरगंजमा जसपा नेपालको प्रदर्शन

spot_img
spot_img

वीरगंज, १८ भदौ  – सरकारले ल्याउन लागेको भूमि विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगंजमा प्रदर्शन गरेको छ। वीरगंजको लालबंगला बाट सुरू भएको विरोध ¥याली बजारका प्रमुख चौकहरूको परिक्रमा गर्दै घण्टाघरमा कोणसभामा परिणत भएको थियो।

कोणसभामा जसपा नेपालका प्रदेश सांसद तथा पूर्वमन्त्री सिंहासन साह कलवार, केन्द्रीय सदस्य फिरोज मंसुर, शशिकपुर मिया, पार्टी पर्सा अध्यक्ष रामनरेश यादव, वीरगंज महानगरपालिका–११ का वडा अध्यक्ष एवं जसपा नेता अजय चौरसियालगायतले सम्बोधन गरेका थिए।

नेताहरूले भूमि विधेयक गरिब, दलित, थारु, अल्पसंख्यक र भूमिहीन मधेसीहरूविरुद्ध रहेको दाबी गर्दै, यसलाई कुनै हालतमा पारित हुन नदिने स्पष्ट पारे। साथै, गौर घटनासम्बन्धी सरकारले गरिरहेको गतिविधिको पनि कडा विरोध गरेका थिए।

उनिहरूले गौर घटनामा पार्टी अध्यक्षलाई राज्यले फसाउन खोजेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाए। साथै, सरकारले राजनीतिक घटनालाई तोडमोड गरेर फेरि देशमा विवाद उत्पन्न गर्न खोजेको भन्दै मधेसी समुदाय चुप नबस्ने चेतावनी दिएका थिए। भुमि बिधेयक पारित भए मधेश मरुभुमी भन्दै जसपा नेपाल बिरोध गर्दै आएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय