Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

बीरगन्जमा हैजा घट्दै, बारामा दुई बालबालिकामा संक्रमण पुष्टि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८ भदाै । पर्साको बीरगन्जमा हैजाको संक्रमण क्रमशः घट्दै गए पनि छिमेकी जिल्ला बारामा नयाँ बिरामी भेटिन थालेका छन्। बाराको महागढीमाई नगरपालिका–८ का आठ/आठ वर्षका दुई बालबालिकामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जनाएका छन्।

यादवका अनुसार, दुवै बालबालिकालाई भदौ १६ गते झाडापखाला लागेर कलैया प्रादेशिक अस्पताल लगिएको थियो। आरडिटी परीक्षण गर्दा दुबैमा हैजा पुष्टि भएको हो। उनीहरूको बीरगन्जसँग कुनै यात्रा इतिहास (ट्राभल हिस्ट्री) नभएकाले यो पहिलोपटक बाराकै स्थानीयमा हैजा भेटिएको हो। यसअघि वीरगन्जमा बस्ने बारा घर भएका आठ जनामा हैजा देखिए पनि उनीहरू सबै संक्रमितको बीरगन्जसँग सम्बन्ध रहेको थियो।

हालसम्म बाराका आठमध्ये तीन जना निको भइसकेका छन् भने पाँच जना अझै उपचाररत छन्। त्यस्तै वीरगन्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा एक–एक जना बारा जिल्लाका बिरामी उपचारमा छन्।

बीरगन्ज र पर्सामा भने पछिल्ला तीन दिनयता हैजासहित झाडापखालाका बिरामीको संख्या उल्लेख्य घटेको छ। बुधबार ३१ जना झाडापखालाका बिरामीमध्ये १ जनामा मात्रै हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। मंगलबार ३७ मध्ये ४ जनामा र सोमबार ४६ मध्ये ८ जनामा हैजा भेटिएको थियो।

भदौ ६ गतेदेखि १८ गते बिहानसम्म पर्सामा १९४ जनामा हैजा पुष्टि भएकोमा १८२ जना निको भइसकेका छन् भने १२ जना मात्र उपचाररत छन्। हाल नारायणी, नेशनल मेडिकल, भवानी, प्रभु र एडभान्स अस्पतालमा गरी १२ जना हैजाका बिरामी उपचाररत छन्।

यस अवधिमा वीरगन्ज र पोखरियामा गरी ९६५ जना झाडापखालाका बिरामी देखिएका छन्। तीमध्ये ८६५ जना घर फर्किसकेका छन् भने १०० जना अझै अस्पतालमा छन्। आइसियुमा उपचाररत बिरामीको संख्या १६ मात्र रहेको पर्सा स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

ताजा समाचार

थप समाचार