spot_img

प्रतिनिधिसभा बैठक आज, यी हुन् मुख्य कार्यसूची

spot_img
spot_img

काठमाडौं,१९ भदौ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ।

त्यसैगरी, सभामुखले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने तयारीमा छन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गर्नुपर्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावना कार्यतालिकामा समावेश गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय