spot_img

सामाजिक सञ्जाल सूचीकरणको म्याद सकियो, अब सरकारले बन्द गर्ने तयारी

spot_img
spot_img

काठमाडौं,१९ भदौ । नेपाल सरकारले फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्राम जस्ता लोकप्रिय सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिबाट सकिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब सूचीकरणका लागि निवेदन नदिएका प्लेटफर्महरू क्रमशः निष्कृय बनाइने तयारी भइरहेको छ।

मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलका अनुसार, “सूचीकरणको म्याद सकिएको छ। अब दिउँसोदेखि निवेदन नदिएका सामाजिक सञ्जाल बन्द गर्न सुरु गरिनेछ। को–कसलाई कसरी बन्द गर्ने भन्ने निर्णय मन्त्रीस्तरीय बैठकबाट हुनेछ।”

हाल टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन्। तर फेसबुक, युट्युब, ट्विटर, लिंक्डइन लगायतका प्लेटफर्महरू अझै दर्ता प्रक्रियामा आउन बाँकी छन्।

सञ्चार मन्त्रालयले २०८० सालको “सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका”अनुसार नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता र अनुमतिपत्र लिन अनिवार्य गरेको छ। सूचीकरण नभएका प्लेटफर्मलाई जुनसुकै समयमा बन्द गर्न सकिने व्यवस्था पनि यस निर्देशिकामा समावेश छ।

मन्त्रालयले भनेका छन् कि सूचीकरण नभएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय आज दिउँसो सार्वजनिक हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय