Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोज्ने ६ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१९ भदौ । नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोज्ने गिरोहका ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर, काठमाडौं, सर्लाही, काभ्रे र बाराका व्यक्तिहरू रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेका व्यक्तिहरूमा ललितपुर गोदावरी–१४ का ३६ वर्षीय सुनिल महर्जन र ३३ वर्षीय विकेश कुँवर, काठमाडौं महानगर–१२ का ५१ वर्षीय विनोद डंगोल, सर्लाही ईश्वरपुर–३ का ३९ वर्षीय सुनिल सापकोटा, काभ्रे पाँचखाल–२ का ४८ वर्षीय हरिप्रसाद गौतम र बाराको निजगढ–६ का ४५ वर्षीय मनोजकुमार आचार्य छन्।

परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार पक्राउ परेकाले नक्कली दुर्घटना र घाइतेको नाटक गर्दै सरकारी कार्यालयका नक्कली कागजात र छाप तयार गरेका थिए। उनीहरूले बी एन्ड बी अस्पतालमा उपचार गराएको भन्ने नक्कली प्रमाणपत्र समेत बनाएर नेपाल माइक्रो इन्सुरेन्स कम्पनीबाट बीमा रकम दाबी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

उनीहरूविरुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार