spot_img

भदौ २२ गते बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

spot_img
spot_img

काठमाडौं,१९ भदौ । चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चेपाङ समुदायको बसोबास रहेको बागमती प्रदेश सरकारको चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बिहीबार जारी सूचनामा न्वागी पर्वका दिन यी जिल्लामा सार्वजनिक बिदा दिइने निर्णय गरिएको उल्लेख छ। २०८१ साल चैत २१ गतेको प्रदेश राजपत्र बमोजिम यस वर्ष पनि न्वागी पर्वका दिन सार्वजनिक बिदा रहने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रबिता कार्कीले जानकारी दिइन्।

यस निर्णयसँगै आइतबार चितवन, मकवानपुर र धादिङका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालयहरू बन्द रहनेछन्। न्वागी पर्व चेपाङ जातिको प्रमुख सांस्कृतिक चाड हो, जसमा नयाँ अन्न अन्नपूर्ण देवीलाई चढाएर मात्र उपभोग गर्ने परम्परा रहिआएको छ।

यस पर्वलाई चेपाङ समुदायले आफ्नो जीवन, संस्कार र प्रकृतिप्रतिको आस्था अभिव्यक्त गर्ने माध्यमका रूपमा मान्ने गरेको पाइन्छ। यस वर्ष नेपाल चेपाङ संघले चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा सामूहिक न्वागी मनाउने निर्णय गरिएको नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द राम चेपाङले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय