जनकपुर,१९ भदाै । मधेश प्रदेश सरकारले मोहम्मद जयन्तीको अवसरमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार सूचना जारी गर्दै प्रदेशभरका सबै सार्वजनिक कार्यालय, शिक्षण संस्था तथा निकायहरूमा बिदा हुने जानकारी गराएका हुन्।
मन्त्रालयको सूचनामा भनिएको छ, “मोहम्मद जयन्तीको अवसरमा २०८२ भदौ २० गते शुक्रबार मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।”




