Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

महोत्तरीको विद्यालयको खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,१९ भदौ । महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा दिउँसो खाजामा छेपारो परेको घटनापछि ६० बालबालिका निगरानीका लागि अस्पताल भर्ना भएका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो एक बालकको प्लेटमा दिइएको खाजामा छेपारो परेको थियो। उक्त बालकले घटना देखेपछि खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी दिएका थिए।

अभिभावक र विद्यालयले तत्कालै खाजा खाएका सबै बालबालिकालाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याएर निगरानीमा राखेका हुन्। महतोका अनुसार कुनै बालबालिकामा समस्या भने देखिएको छैन, तर सुरक्षा कारणले अस्पतालमा राखिएको हो।

प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्ष इन्चार्ज शरद यादवले पनि बालबालिकामा कुनै स्वास्थ्य समस्या नदेखिएको जानकारी दिएका छन्। उनका अनुसार अभिभावकहरूको चिन्ता कम गर्न बालबालिकालाई अस्पतालमा राखिएको हो।

ताजा समाचार

थप समाचार