Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

झुम्का कारागारमा १३ कैदीबन्दी अस्पताल भर्ना, ४ दिनमै तीनको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुनसरी,२० भदाै । सुनसरीस्थित झुम्का कारागारमा स्वास्थ्य समस्या चर्किएपछि १३ जना कैदीबन्दीलाई बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। चार दिनमै तीन कैदीबन्दीको मृत्यु भइसकेपछि कारागार प्रशासनमा त्रास फैलिएको छ।

बुधबार अचानक बेहोस भएका सप्तरी राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ज्यान गएको हो। उनलाई केही दिनदेखि उच्च ज्वरो आएको थियो।

यसअघि सोमबार सुनसरी गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको पनि मृत्यु भएको थियो। दुवैलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।

निमित्त कारागार प्रमुख राम निरौलाका अनुसार मृतकहरूमा ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएको थियो। घटनापछि बुधबार कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

सुनसरीका एसपी सुमन तिम्सिनाले दुवै ब्लकका कैदीबन्दीको स्वास्थ्य परीक्षणपछि मात्र रोगको ठ्याक्कै कारण पत्ता लाग्ने बताए। चिकित्सकहरूले भाइरल ज्वरोको आशंका गरे पनि आत्तिनुपर्ने अवस्था नरहेको जनाइएको छ।

क्षमता १ हजार ६ सय रहेको झुम्का कारागारमा हाल १ हजार ७९५ जना कैदीबन्दी रहेका छन्। बिरामी बढी देखिएका कैदी ‘बी’ ब्लकमा बस्नेहरू भएको प्रशासनले जनाएको छ।

ताजा समाचार

थप समाचार