काठमाडौँ,२० भदाै । नेपाली बजारमा सुनको मूल्य शुक्रबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ५ सय रुपैयाँ बढ्दै सुन २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा थियो। निरन्तर बढ्दो मूल्यसँगै सुनले लगातार नयाँ रेकर्ड बनाइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ४९० रुपैयाँमा पुगेको छ।




