Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध रास्वपाको कडा आपत्ति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२० भदौ । सरकारले सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसको चौतर्फी आलोचना सुरु भएको छ ।

सरकारको यो कदमको विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० ले कडा आपत्ति जनाउँदै यसलाई नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि सिधै प्रहार भएको टिप्पणी गरेको छ । रास्वपाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जनको साधन मात्र होइन, यो नागरिकको मौलिक हक, विचार(अभिव्यक्ति, व्यवसाय र सूचना आदानप्रदानको प्रमुख माध्यम हो।’

पार्टीका अनुसार, यस प्रकारको एकपक्षीय प्रतिबन्धले जनताको हक अधिकारमाथि प्रत्यक्ष हमला गरेको छ । रास्वपाले नेपालको संविधानले नै सुनिश्चित गरेको धारा १७ को विचार र अभिव्यक्ति स्वतन्त्रता तथा धारा १९ को सूचना तथा सञ्चारको हकलाई कुण्ठित गर्ने यो कदमको संवैधानिक वैधतामाथि नै प्रश्नचिह्न खडा भएको बताएको छ । रास्वपाले सरकारको यस निर्णयलाई लोकतान्त्रिक समाजको मेरुदण्ड मानिने अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयासको रूपमा हेरेको छ र यो नागरिक अधिकार कुण्ठित गर्ने निर्णयको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

ताजा समाचार

थप समाचार