Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

बीरगन्जका वडा नं. ६ का वडाअध्यक्ष शाहमाथि कीर्ते सिफारिस गरेको उजुरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२० भदौ । बीरगन्ज महानगरपालिका–६ का वडा अध्यक्ष जयप्रकाश शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कीर्ते सिफारिस गरेको भन्दै उजुरी दर्ता गरिएको छ। स्काईलाइन इन्फ्रा लिमिटेड, होटल पुजन, होटल कन्ट्रीइन प्रा.लि लगायत विभिन्न व्यवसायी र व्यक्तिहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रवार निवेदन दर्ता गर्दै वडाध्यक्ष जय प्रकाश शाहलाई हदैसम्म कारबाहीको माग गरेका छन्।

वडाध्यक्ष साहले प्रदिप केडिया र मदनलाल केडियासँग ठूलो रकम अनुचित लाभ (घुस) लिएर, विभिन्न व्यक्ति, कम्पनी र संस्थाको नाउँमा दर्ता भई भोगचलनमा रहेको जग्गालाई गैरकानुनी रूपमा केडिया परिवारको नाममा हालसाविक गर्न सिफारिस गरेको आरोप लागेको छ । बीरगन्जको आर्दशनगरस्थित वडा नं १० र ४ मा रहेको उक्त जग्गा करिब ५२ वर्षअघि तत्कालिन सरकारद्धारा गठित पशुपति आदर्शनगर निर्माण समितिले अधिग्रहण गरी प्लटिङ गरेर बिक्री वितरण गरेको थियो। समयक्रममा ती जग्गाहरू पटक–पटक खरिदबिक्री भई नयाँ नापी अनुसार सम्बन्धित जग्गाधनीहरूको नाममा दर्ता र हालसाविक भई भोगचलन हुँदै आएको छ।

तर, वडाध्यक्ष साहले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको जग्गालाई प्रदीप र मदनलाल केडियासँग मिलेमतो गरी झुठा व्यहोरा पेश गरेर रुकमिणी केडियाको साविक पर्सा श्रीपुर वडा नं ९ कित्ता नं १४ (ख) र १५ को जग्गा भन्दै विभिन्न कम्पनी, होटल, बैंक र व्यक्तिहरूको नाममा दर्ता भएको जग्गा समेत केडिया परिवारको नाममा हालसाविक गरिदिन गैरकानुनी सिफारिस गरेका छन्।

जग्गा नाप जाँच ऐन २०१९ को दफा ८ (क) को व्यवस्था अनुसार साविक नापजाँचको श्रेस्ता स्वतः खारेज भइसकेको हुँदा, वडाध्यक्षले गरेको सिफारिस पूर्णतया अवैध भएको उजुरीकर्ता मध्येका एक सुनिल गुप्ताले बताए। उनीहरूले यो कार्य अख्तियारको खुला दुरुपयोग भएको भन्दै शाह सहित संलग्न केडिया परिवारका सदस्यहरूलाई समेत तत्काल कारबाहीको माग गरेका छन्।

यस प्रकरणमा स्काईलाइन इन्फ्रा लिमिटेडको तर्फबाट लिलानाथ नेपाल, होटल पुजन प्रा।लि।को तर्फबाट रन्जेश श्रेष्ठ, उमेशचन्द्र नेपाल, सुनिलकुमार गुप्ता, सम्झनाकुमारी माथेमा ९सुरेन्द्रलाल श्रेष्ठको तर्फबाट, विमलकुमार संघई तथा शुशिला अग्रवाल (राहुल अग्रवालको तर्फबाट), पद्माकुमारी शाही, सत्यनारायण मानन्धर र श्रीलाल प्रसाद रौनियार लगायत १७ जना व्यवसायी तथा प्रतिनिधिले निवेदन दर्ता गराएको सुनिल गुप्ताले बताएका छन्।

बीरगन्ज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष शाहले नाता प्रमाणित मात्र दिनुपर्नेमा जग्गाको हकभोग समेत कायम गरिदिन भनी दिएको सिफारिस त्रुटिपूर्ण भएको स्वीकार गरेका छन्। उनले आफ्ना वडाका मतदाता भएकोले उनीहरूको मागबमोजिम काम गरेको र उक्त कार्य गरेबापत कुनै पनि घुस नलिएको दाबी गरेका छन्।

स्थानीय निकायले घर जग्गाको सिफारिस दिन सम्वन्धित जग्गाधनीले तिरो तिरेको रसिद साथमा सलग्न हुनुपर्ने व्यवस्था छ । साथै नाता प्रमाणित र जग्गाको हकभोगको सिफारिस एउटै पत्रमा उल्लेख गरिएको छ । जवकी उक्त जग्गा वडा नं. ६ भित्र नपर्ने उजुरीकर्ताको भनाई छ । त्यसैगरी अस्तित्वमा नरहेको कित्ता नम्वर उल्लेख गरी सिफारिस दिने कार्य अनुसन्धानको दायरामा आउने बिषय भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी गरिएको सुनिल गुप्ताले बताए ।

उजुरीकर्ताहरूले यो कार्य पूर्णतया अख्तियारको दुरुपयोग भएको भन्दै विपक्षी वडाध्यक्ष र अन्य संलग्न मदनलाल केडिया, प्रदिप कुमार केडिया, संजय कुमार केडिया लगायत यसमा संलग्न केडिया परिवारका सदस्यहरु व्यक्तिहरू उपर कानुनबमोजिम कारबाही गरी हदैसम्मको दण्ड सजायको माग गरेका छन् ।

ताजा समाचार

थप समाचार