spot_img

कोशी र कर्णालीमा भारी वर्षाको सम्भावना

spot_img
spot_img

काठमाडौं,२२ भदौ । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) कोशी र कर्णाली प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा दक्षिणतर्फ रहेको छ। सिक्किम आसपासको निम्नचापीय प्रणालीको असर नेपालमा देखिने भएकाले पूर्वी भूभाग बढी प्रभावित हुने अनुमान गरिएको हो।

आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रह्नेछ भने केही स्थानमा मध्यम वर्षा र कोशी–कर्णालीका पहाडी भागमा भारी वर्षा हुन सक्छ। त्यस्तै, राति पनि कोशी, मधेस, बागमती र गण्डकीका पहाडी क्षेत्रसहित तराईका केही स्थानमा वर्षा जारी रहने सम्भावना छ।

विभागले भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेको चेतावनी दिएको छ। यातायात तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय