सप्तरी, २२ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा एक महिलाको शव फेला परेको छ।
नगरपालिकाको वडा नम्बर ७ भंगाहा स्थित देवधार खोलाको किनारमा शनिबार साँझ करिब ४५ वर्षीया अज्ञात महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शव खोलाको पूर्वपट्टि रहेको काशघारी नजिक फेला परेको हो।
प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार मृतकको परिचय अहिलेसम्म खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।
उक्त शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ।




