spot_img

पोखरामा आजपाद्वारा सामाजिक सञ्जाल बन्द निर्णयविरुद्ध प्रदर्शन 

spot_img
spot_img

पोखरा, २२ भदौ । आम जनता पार्टी (आजपा) ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ।

शनिबार रानीपौवास्थित तमु भवनमा सम्पन्न कास्की जिल्ला भेलाले आइतबार प्रदर्शन गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका सहअध्यक्ष तथा संविधान सभाका सदस्य तिलक थापामगरले मुलुकमा बढ्दो लुट, भ्रष्टाचार, कुशासन र अनियमितता अन्त्यका लागि तेस्रो जनआन्दोलन अपरिहार्य भएको बताए।

थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमलाई अलोकतान्त्रिक, असंवैधानिक र अदूरदर्शी भन्दै कडा आपत्ति जनाए। उनका अनुसार यो निर्णयले संविधानले प्रदत्त अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार र संगठन गर्ने अधिकारमाथि प्रत्यक्ष आघात गरेको छ।

आजपा गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीले सरकारले फेवा तालको सार्वजनिक जग्गा अतिक्रमणमा संलग्नलाई कारबाही नगरी संरक्षण गरिरहेको आरोप लगाए। उनले बढ्दो भ्रष्टाचार र अनियमितताविरुद्ध चुप लागेर बस्न नसकिने बताए।

भेलामा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको सहभागिता थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय