बीरगन्ज,२३ भदाै । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१० को आयोजनामा र स्टार होलिस्टिक हिलिङ, काठमाडौंको सहकार्यमा एकदिने निशुल्क अकुपन्चर उपचार तथा मसाज थेरापी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं थिए भने अध्यक्षता केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए।
स्टार होलिस्टिक हिलिङका डा। आदित्य अग्रवाल केडिया, श्रीजा श्रेष्ठ, केम्स सिंह र मनिष गोयलको टोलीले स्थानीय सर्वसाधारणलाई निशुल्क उपचार प्रदान गरेका थिए। कार्यक्रममार्फत ११० जनाले अकुपन्चर र मसाज थेरापीबाट लाभ लिएका थिए।
यस अवसरमा नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, समाजसेवी, संचारकर्मी र स्थानीयवासीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।





