spot_img

बीरगन्जमा अनिश्चितकालीन कफ्र्यू जारी

spot_img
spot_img

बीरगन्ज,२३ भदौ ।  पर्साको वीरगञ्जमा  प्रशासनले सोमबार राति ९ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ। हाल देशभर फैलिएको जेनजी आन्दोलन वीरगञ्जमा चर्किएपछि सम्भावित झडप र हिंसालाई नियन्त्रणमा लिन प्रशासनले यो कठोर निर्णय लिएको हो।

प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीद्वारा हस्ताक्षरित आदेशअनुसार सुरुमा कफ्र्यू भोलि बिहान ९ बजेसम्म लागू हुनेछ, तर आवश्यकतानुसार थप समयका लागि निरन्तरता दिइने स्पष्ट गरिएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) अनुसार जारी गरिएको आदेशले तोकिएको क्षेत्रभित्र सर्वसाधारणको आवतजावत, जुलुस, सभा, प्रदर्शन वा भिडभाड पूर्णरूपमा निषेध गरिएको छ।
कफ्र्यू क्षेत्रको सिमाना यस प्रकार छ:
पूर्व – बाइपास रोड
पश्चिम – सिरिया पुल
उत्तर – गण्डक चौक
दक्षिण – शंकराचार्य गेट

उक्त क्षेत्रभित्र पर्ने बजार, चोक, सडक र सार्वजनिक स्थानहरूमा पूर्ण शून्यता छाएको छ। प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै प्रहरी र सशस्त्र फौज ठूलो संख्यामा तैनाथ गरेको छ।

सोमबारको आन्दोलनमा प्रदर्शनकारीहरूले घण्टाघर चोकलगायत स्थानहरूमा टायर बालेर नाराबाजी गरेका थिए। आन्दोलनको तीव्रता र सम्भावित अवाञ्छित घटनालाई रोक्न प्रशासनले कफ्र्यू लगाउने निर्णय गरेको हो।

प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेहरूमाथि कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय