spot_img

आन्दोलन अब जेन–जीको मात्रै नभई आम नेपालीको बनिसकेको छ : कुलमान घिसिङ

spot_img
spot_img

काठमाडौ,२४ भदौ । उज्यालो नेपाल अभियानका अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेन–जी आन्दोलनमा भएको हिंसात्मक दमनको घोर निन्दा गरेका छन्।

सोमबार देशभर भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ युवाले ज्यान गुमाएका थिए। यसलाई गम्भीर घटनाका रूपमा लिँदै घिसिङले भने, “राज्यले कलिला युवाहरूमाथि गरेको यो निर्मम दमनले आन्दोलन अब केवल जेन–जीको मात्र नभई आम नेपाली जनताको आन्दोलन बनिसकेको छ।”

घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै सबै नागरिकको अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले लेखे, “सोमबारको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिनेछ। यो आक्रोश युवाहरूको मात्र होइन, नयाँ नेपालको सपना, पारदर्शी शासन र स्वतन्त्र सोचको सपना हो।”

उनले होनहार युवाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे र परिवारजनलाई समवेदना प्रकट गरे। साथै, घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरे।

घिसिङले जेन–जी पुस्ताले उठाएका भ्रष्टाचारविरोधी, पारदर्शिता र डिजिटल स्वतन्त्रतासम्बन्धी मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गर्दै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने स्पष्ट संकेत गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय