काठमाडौं, २४ भदौ । राजधानीमा चर्किएको जेनजी आन्दोलन मंगलबार सिंहदरबारसम्म पुगेको छ। बिहानैदेखि आक्रामक बनेका प्रदर्शनकारीहरू केहीबेरअघि मुख्य गेट तोड्दै सिंहदरबारभित्र प्रवेश गरेका हुन्।
सोमबारदेखि निरन्तर भइरहेको आन्दोलन आज पनि काठमाडौंसहित देशका ठूला शहरहरूमा जारी छ। प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास, पार्टी कार्यालय र प्रहरी कार्यालयहरूमा ढुंगामुढा गर्दै आक्रमण गरेका छन्।
आन्दोलन उग्र बनेसँगै मन्त्रीहरूलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ। राजधानीका विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षा बल परिचालन भए पनि वातावरण तनावग्रस्त बनेको छ।




