काठमाडौं, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघीय तथा प्रदेश मिलाएर ४२ सांसदले पदबाट राजीनामा दिने तयारी गरेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले यसबारे उच्चस्तरीय परामर्श सुरु गरिसकेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठका अनुसार वर्तमान संविधानको औचित्य नै समाप्त भएकाले सांसद रहिरहन कुनै औचित्य नभएको निष्कर्षसहित राजीनामा दिने तयारी भएको हो। सम्भव भएसम्म आजकै बैठकपछि सामूहिक राजीनामा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।



