काठमाडौँ, २४ भदौ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएका छन्।
सभामुखलाई बुझाइएको राजीनामा पत्रमा राउतले देशमा जारी आन्दोलन र वर्तमान परिस्थितिको समाधान केवल नयाँ गणतन्त्र स्थापना गरेर मात्र सम्भव हुने बताएर पद त्यागेको स्पष्ट पारेका छन्।
राजीनामा पत्रमा उनले विगतमा पटक–पटक मन्त्री वा उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि जनताको पक्षमा उभिने प्राथमिकता राखेको स्मरण गराएका छन्। “ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। म सँधै जनतासँगै उभिन्छु,” उनले लेखेका छन्।
उनको यो कदमलाई देशभर भइरहेको जेनजी आन्दोलनसँग जोडेर हेरिएको छ।





